अष्ट्रेलियाका नेपाली युवाहरुको संगठन नयाको अध्यक्षमा प्रकाश खरेल चयन


नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाको अध्यक्षमा प्रकाश खरेल चुनिएका छन् । संस्थाको सिड्नीमा सम्पन्न भएको दोश्रो साधारण सभाले अध्यक्षमा खरेललाई चयन गरेको हो ।

Photo by : Suren Shresth

सिड्नीको रकडेलस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा भएको अधिवेशनपछिको घोषणा सभामा दिइएको जानकारी अनुसार अध्यक्ष प्रकाश खरेल, उपाध्यक्षमा सुमन बोहरा, निजन चौलागाईं, पूजा चन्द चयन भएका छन् । यस्तै महासचिवमा प्रकाश अर्याल, सचिवमा दिपेन्द्र भण्डारी, सहसचिवमा कुन्जा बस्नेत राना र कोषाध्यक्षमा प्रमिता शर्मा र सहकोषाध्यक्षमा अनीर उप्रेती चयन भएका छन् । यस्तै ईभेन्ट कोअर्डिनेटर अनुप राज न्यौपाने, पब्लीज रिलेसन अफिसर लोचन धिताल, प्रवक्ता हिरा कँडेल, सांस्कृतिक संयोजक अनुजा शर्मा, सहसंयोजक मित्र ढकाल, खेल संयोजक द्वारिका दवाडी, आईटी किरण अधिकारीले हेर्नेछन् । यसैगरी अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि कार्यकारी सदस्यहरुमा नारायणप्रसाद पाण्डे, अर्जुन गौतम, सागर काफ्ले, विजय पौडेल, विष्णु काफ्ले, खगेन्द्र सत्याल, ओजु जोशी, प्रेम निरौला र विश्वास अधिकारीलाई चयन गरेको छ । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष खरेलले संस्थालाई सिड्नीसहित अन्य राज्यहरुमा पनि विस्तार गर्ने र खेलको माध्यमबाट युवाहरुलाई एकताबद्ध गर्ने कार्यको आफुले निरन्तरता दिने बताए । नवनिर्वाचित अध्यक्ष खरेलले यसअघि संस्थाले हासिल गरेको उपलब्धीलाई थप नयाँ उचाईमा लैजानका लागि आफुले प्रयास गर्ने पनि बताएका छन् । उनले अगाडि भने “मुख्यतया अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा तिव्रगतिमा नेपालीहरुको विस्तार भइरहेको समूदायलाई गुणात्मक रुपमा विकसित गर्नुपर्ने आजको आवश्यकतालाई दूतावास लगायत अन्य संघसंस्थाहरुसँगको सहकार्यमा अगाडि बढाउने नीति नयाले लिनेछ ।” 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?