‘प्रवासको जून’ले घामकै झल्को दियो सिड्नीमा, यस्तो रह्यो विमोचन कार्यक्रम


अष्ट्रेलियामा रहेर नेपाली साहित्यमा सक्रिय कवि महेश्वर शर्माको कविता कृति “प्रवासका जूनहरू” सिड्नीस्थित हर्सभिलको सिभिक थिएटरमा विमोचन तथा एकल कविता वाचन सन्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा हुनुहुन्थ्यो। कार्यक्रममा कवि महेश्वर शर्माको जीवनी तथा उहांले प्राप्त गर्नुभएको उपलब्धिको बारेमा भीडीयो रिपोर्ट प्रस्तुत गरिएको थियो। युवा कवि महेश्वर शर्माले प्रवासमा रहदा सिकेको शिपलाई देशमा लगेर प्रयोग गर्न सबै यूवाहरुलाई आह्वान गर्नुभयो – 
“एउटा सिंङ्गो घरको छानो छाउन दाइ विदेश जान्छ भाईहरु डाक्टर र ईन्जिनियर पढ्न विदेश जान्छन।सिंङ्गो घर कुरेर बसेका बा र आमा भन्दैछन,ठूलो छोराले घरको छानो छाउँछ डाक्टर छोराले विरामी आमा जाँच्छ र ईन्जिनियर छोराले अब मोटर हिँड्ने बाटो बनाउँछ। बा आमा यो पनि भन्दैछन बुढेशकाल हामी तिनै छोरा सँगै बिताउँछौँ । तर ती छोराहरु घर फर्केनन् भनेरु आज लाखौँ डाक्टर ईन्जिनियर छोराहरु प्रवासमा छन बा र आमा भन्दैछन कहिले फर्केलान मेरा छोराहरु यस्तै यस्तै”
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै राजदूत लक्की शेर्पाले सबै छोराहरुले बुबा आमा र देश प्रति यस्तै सोंच राखिदिने हो भने देश परिवर्तन हुन समय नलाग्ने कुरा बताउनुभयो । कविले आमा बाबु पनि यसै कार्यक्रमका लागी बोलाइएको जानकारि दिएका हुनाले खुसीका साथ यस कार्यक्रममा आएको र यस्ता राम्रा कार्यक्रममा आफू संधै उपस्थित रहने कुरा पनि जानकारी गराउनुभयो । उक्त अवसरमा खेम्स क्लिनिङगका प्रबन्ध निर्देशक खेम शर्माले आफु यस्तो साहित्यीक कार्यक्रमका आफ्ना विचार राख्न पाउंदा अत्यन्तै हर्षित रहेको भन्दै सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कवि शर्माले आफना केहि बिशेष कविता वाचन गर्नुभएको थियो । साहित्यकार केदार पोखरेलले पुस्तकको समिक्षा गर्नुभएको थियो।अनेशासका केन्द्रिय उपाध्यक्ष तथा शान्ति प्रवर्तक आचार्य राजनले अष्ट्रेलिया साहित्यिक क्षेत्रमा अघि रहेको र महेश्वर शर्मा जस्ता कविहरुले भोलीका दिनमा नेपाली साहित्यलाई प्रवासमा जोगाईराख्न महत्वपूण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमको समापन गर्दै अनेसास एनएसडब्लु की अध्यक्ष सानु घिमिरेले आफनै बारिको फूल अझै महत्वपूर्ण र राम्रो लाग्ने कुरा बताउनु भयो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यीक ब्यक्तित्वहरु, र थुप्रै अभिभावकहरुले पनि साहित्यिक माहोलको अनुभव गर्न पाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?