भ्लादिमिर पुटिनद्धारा एन्टेनोभलाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने पत्रमा हस्ताक्षर


रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्व उप–विदेशमन्त्री एनाटोली एन्टेनोभलाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले सोमबार जनाएको छ  । बैसठ्ठी बर्षीय एन्टोनोभले रसियाली विदेश मन्त्रालय अन्तर्गत विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ । उहाँले रसियाली कुटनीतिज्ञका रूपमा सन् १९७८ यता विभिन्न मुलुकमा रही काम गरिसक्नुभएको क्रमलिनले जनाएको छ ।  उहाँ सन् २०१६ को डिसेम्बरमा उप–विदेशमन्त्रीका रूपमा रसियाली सैनिक तथा राजनैतिक सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । यस पूर्व एन्टोनोभले रसियाली उप–रक्षामन्त्रीका रूपमा छ बर्षसम्म काम गर्नुभएको थियो ।         एन्टोनोभका पूर्ववर्ती सर्गैइ किसल्याक नौ बर्षसम्म अमेरिकी राजदूतको कार्यभार सम्हाली यही जुलाईमा स्वदेश फर्किनुभएको थियो । किसल्याकले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनामा वर्तमान् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निर्वाचन अभियानका उच्च सहयोगीसँग भेट गर्नुभएको बिषय पछि निर्वाचनमा रसियाको सम्भावित हस्तक्षेप भएको हुनसक्ने आधारका रूपमा विवादित बन्दै आएको छ ।रसियाली अधिकारीले किसल्याकको अमेरिकी निर्वाचनमा सम्लग्नता भएको बिषयलाई खारेज गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?