आजबाट रिलिज भयो भुँइमान्छे, के होला सिपोराको भविष्य ? (भिडियोसहित)


चलचित्र ‘भुँइमान्छे’ आजबाट रिलिज भएको छ । नवराज वुढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश वुढाथोकी र सिपोरा गुरुङको मुख्य भूमिका छ । त्यसै गरी सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ ।   चलचित्रले पोष्टमार्टम गर्दै आएको एक बयस्क पुरुषको दैनिकी र एक यूवतीविचको प्रेमको कथालाइ उठान गरेको छ । नेपालमा बन्दै आएका फर्मुला चलचित्र भन्दा केही फरक कथामा बनेको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका मानिसहरुले गरेका छन् । भलिबल खेलाडी सगै अभिनय क्षेत्रमा लागेकी सिपोराले के दर्शकको मन जित्छिन् होला त ?  यसका लागि भने केही समय प्रतिक्षा गर्नैपर्ने हुन्छ । भुईंमान्छेको ट्रेलर यहाँ हेर्नुहोस्   ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?