१३ बर्ष पहिले हराएको म्यारी ग्राम्सको हिराको औँठी करेसा बारीमा फेला


एजेन्सी । क्यानडाकी ८४ बर्षिय मेरी ग्राम्सले सन् २००४ मा १३ वर्ष पहिले क्यानडाको अल्बर्टामा आफ्नो बगैंचामा हिराको एक औंठी हराएकी थिइन् । यतिधेरै समय बितिसकेपछि उक्त औंठी भेटिएला भन्ने उनले आश गरेकी नै थिइनन् जुन स्वभाविक पनि हो तर पछिल्लो दिन उनले उक्त औंठी आफ्नो बगैंचामा एक गाजरसँग भेटिन् ।      मेरीले औंठी हराएको कुरा यतिका वर्षसम्म कसैलाई पनि भनेकी थिइनन् । गाली खाने डरले उनले उक्त कुरा श्रीमानलाई समेत बताएका थिएनन् तर उनको छोरालाई भने यसबारे थाहा थियो । गत सोमबार मेरीकी बुहारीले जब आफ्नो बगैंचाबाट गाजर उखेलिन् तब उक्त घटनाको पर्दाफास भएको हो । वर्षौंसम्म माटोमुनी रहेको औंठी उनकी बुहारीले गाजरमा फसेको भेटिन् ।मेरीले औंठी हराएको कुरा लुकाउनका लागि बजारबाट एउटा सस्तो औंठी किनेर लगाएकी थिइन् जुन उक्त औंठीजस्तै देखिन्थ्यो ।हराएको औंठी भेटिएको यो पहिलो घटना भने होइन । सन् २०११ मा स्विडेनमा पनि यस्तै घटना सार्वजनिक भएको थियो जब एक महिलाले १६ वर्षपछि हराएको विवाहको औंठी भेटेकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?