सिड्नीका गायक ईश्वर पोखरेललाई आँखा तर्ने को हो ?


गायक ईश्वर पोखरेलको नयाँ गीत आँखा तरे पनिको भिडियो सार्वजनिक भएको छ । अर्का गायक प्रदिप चापागाईंको शब्दमा सजिएको गीतमा प्रेमिकालाई फकाउँदै गायक पोखरेल भन्छन्, मायाँ गर्छु भनिदेउ न आँखा तरे पनि । कल्याण सिंहको संगीत रहेको गीत उडान एल्बममा समावेश छ । मनोज अधिकारीको निर्देशनमा छायाँकार सौरभ मानन्धरले म्युजिक भिडियो खिचेका छन् भने प्रविन श्रेष्ठले यसको दृश्य सम्पादन गरेका हुन् । भिडियोमा प्रदिका श्रेष्ठ, निश्चल ड्का र भुवन घोरासैनीको अभिनय हेर्न पाइन्छ । अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली गायक गायिकाहरुको संयुक्त सिर्जना उडान एल्बममार्फत रिलिज गरिएको थियो । यसैमा समावेश रहेका गीतहरुको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा पछिल्लो पटक गायक ईश्वर पोखरेलको यो भिडियो आएको हो । गीतको पूरै अंश यहाँ हेर्न सकिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?