विकासमा लगानी गर्न प्रवासी नेपालीलाई पूर्वप्रधानमन्त्री माधव नेपालको आग्रह


पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बिकासका लागि सकृय भूमिका खेल्न गैर आवासीय नेपालीहरुलाई अपिल गर्नुभएको छ। प्रवासी नेपाली मञ्च न्यूजिल्यान्डको निमन्त्रणामा ३ दिनका लागि न्यूजिल्यान्ड पुग्नुभएका नेपालले न्यूजिल्यान्डका बिभिन्न शहरहरुमा आयोजित अन्तर्क्रिया कार्यक्रममा देशको सम्बृद्धिमा सक्रिय भूमिका खेल्न नेपाली समुदायसँग आह्वान गर्नुभयो । मन्चका अध्यक्ष आत्माराम खनालका अनुसार पूर्वप्रधानमन्त्री नेपालले अक्ल्यान्ड, टौरङा र क्राइस्चर्चमा नेपाली समुदाय सँग आन्तर्किर्या गर्नु भएको हो। आफ्नो राष्ट्रको बिकासका लागि जलबिदुत, पर्यटन जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघी बढाउनु पर्ने बताउदै नेपालले यि क्षेत्रहरुमा लगानी बढाउन र सहयोगगर्न एनआरएन लगायतका विदेशमा रहेका संस्थाहरुलाई आग्रह समेत गर्नुभयो । प्रवासमा रहनुभएका तपाईहरुको पनि देशलाई सम्ब्रिध बनाउन महत्वपूर्ण भुमिका हुन्छ, माधव नेपालले भन्नुभयो, “तपाईहरुले लगानी र सीप मार्फत देशमा योगदान दिन सक्नुहुन्छ।’ मन्चका महासचिब प्रदिप रुपाखेतीका अनुसार पूर्वप्रधानमन्त्री नेपालले नेपालीहरुका बिबिध जिज्ञासाहरुको जबाफ दिदै पहलकदमी लिना सकिने सबालहरुमा आफुले सक्दोपहल गर्ने आश्वासन दिनुभएको छ। टौरङामा रहँदा उहाँले किवी फ्रुट प्याकेज हाउसमा रोबोटको प्रयोगका विषयमा जानकारी लिनुभएको थियो । साथै उहाँले आदिवाी मौरी समूदायको संस्कृतिको पनि अवलोकन गर्नुभयो । अकल्याण्डमा नेता नेपालको सम्मानमा प्रवासी नेपाली मञ्च न्यूजिल्याण्डले रात्रिभोजको आयोजना गरेको थियो । उक्त कार्यक्रममा करिब ४० जना सहभागी बनेका थिए । अष्ट्रेलियाबाटै नजिकैको देश न्यूजिल्याण्डमा नेपाली विद्यार्थी लागयत विभिन्न व्यवसायमा समेत नेपालीहरुको उपस्थिति बढ्दै गएको छ । क्राइस्चर्चा शहरमा मन्चले क्यानटर्बुरी नेपाली समाजसँग मिलेर कार्यक्रम गरेको थियो भने उक्त समाजका अध्यक्ष बिष्णु पोख्रेलले पूर्वप्रधानमन्त्री नेपाललाई सस्थाको तर्फबाट मायाको चिनो प्रदान गनुृभएको थियो । अन्तर्कृया अघी पूर्वप्रधानमन्त्री नेपालले भुकम्पबाट प्रभाबित र पुनर्निर्माण सँग सम्बन्धित बिबिध ठाउँहरुको अबलोकन गर्दै यहाँ भएका प्रयोगहरुबाट नेपालमा पुननिर्माणको लागि केही अनुभव लिन सकिने बताउनुभएको थियो । नेता नेपाल अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमण सकाएर स्वदेश फर्किनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?