डा. गोविन्द केसीको अनसनमा सिड्नीबाट ऐक्यबद्धता, आईतबार एशफिल्ड पार्कमा भेला


नेपालमा गुणस्तरीय मेडिकल शिक्षाका लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा ऐक्यबद्धता भेला हुने भएको छ । आगामी आईतबार अगष्ट १३ तारिखका दिन सिड्नीको एशफिल्ड पार्कमा भेला भएर डा. केसीको अनसनमा ऐक्यबद्धता र उनका मागको समर्थनमा प्रदर्शनको तयारी भएको हो ।

डा. केसी अनसनमा बसेको बेलाको फाईल तस्वीर

यस ऐक्यबद्धता भेलाका संयोजकमध्येका एक डिला खरेलले प्रवासी नेपालीहरुको पनि साथ र समर्थन डा. केसीको अभियानलाई छ भन्ने देखाउन र नेपाल सरकारलाई दवाव सिर्जना गर्ने उद्देस्य लिएर प्रदर्शन गर्न लागिएको हो । आईतबार विहान ८ बजेदेखि १० बजेसम्म एशफिल्ड पार्कमा भेला भएर डा. केसीको समर्थनमा ऐक्यबद्धता जनाउने तयारी भएको छ । डा. घनश्याम चापागाईं, डिला खरेल, सुधिरा शाह र भुवन कँडेलले एक विज्ञप्ति जारी गर्दै यस ऐक्यृबद्धता प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । साथै उनीहरुले निस्वार्थ भावले नेपालका सन्ततिहरुलाई सुलभ रुपमा मेडिकल शिक्षा प्राप्त होस् भन्ने सदिक्षाका साथ आफ्ना मागहरु राख्दा पनि यसअघि सरकारसँग भएका सम्झौताहरु नै लत्याउने कार्यको भत्र्सना गरेका छन् । पटक पटक अनसन बसेर मागहरुको स्मरण गराउनुपर्ने अवस्था विडम्बनापूर्ण भएको भन्दै उनीहरुले यस पटक मेडिकल क्षेत्रलाई सुधार्ने प्रयास ठोस निष्कर्शमा पुगनुपर्ने समेत बताएका छन् । डा. केसी अनसनमा बसेको बेला यसअघि पनि सिड्नी लगायत अष्ट्रेलियाका विभिन्न शहरमा ऐक्यबद्धता भेलाहरु भइसकेका छन् ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?