मेलबर्न आइपुगे नवराज पराजुली, शनिबार कविता कन्सर्ट


साहित्य संगीत जमघटको आयोजना र नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको सहकार्यमा सोलाङचरले गर्न लागेको कविता कन्सर्टमा सहभागी हुन कवि नवराज पराजुली मेलबर्न आइपुगेका छन् । बुधबार साँझ मेलबर्न आइपुगेका पराजुलीले यसअघि अष्ट्रेलियाका विभिन्न शहरमा आफ्नो कविता वाचनको शैलीले कविता पारखीहरुलाई मन्त्रमुग्ध पारिसकेका छन् । कविता भन्ने शैली र त्यसमा सम्यक महर्जनको बाँसुरीको धुनले माहोल भिन्नै बनाउने उनको तयारी छ । मेलबर्नको थनवरी थियटरमा शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म कविता कन्सर्ट हुनेछ । पर्थबाट सुरु भएको उनको कविता कन्सर्टको अष्ट्रेलिया यात्रा सिड्नी, ब्रिसबेन हुँदै मेलबर्नसम्म आइपुगेको हो । कवि पराजुलीले अष्ट्रेलिया आइसकेपछिका भावहरुलाई पनि मेलबर्नमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?