डोल्पामा खाद्यान्न,औषधिलगायत उपभोग्य वस्तुको आपूर्ति गर्नुपर्ने माग


नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले डोल्पा जिल्लामा जतिसक्दो चाँडो खाद्यान्न, औषधिलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्नुपर्ने माग गरेको छ ।

राजधानी र डोल्पाको सम्बन्ध थेगिरहेका दुई वटा हवाई मैदान अवरूद्ध छन्,– सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ– “अति दुर्गम जिल्ला डोल्पाको जनजीवन निकै कष्टकर बनेको छ ।”

सङ्गठनले जुफाल हवाई मैदान र मसिनेचौर हवाई मैदानलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने समेत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ– “उपचारको अभावमा डोल्पाका नागरिक अकालमा मृत्युवरण गर्न बाध्य छन्, सरकार गम्भीर नबनुन्जेल मानवीय संकट बढ्दो छ, डोल्पा अघोषित नाकाबन्दीको अवस्थामा छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?