आचार्यको अध्यक्षतामा वीपी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया गठन, वीपी विचार प्रबद्र्धन गर्ने


नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवादका प्रबर्तक नेपाली राजनीतिका शीर्ष पुरुष वीपी कोइरालाको विचारलाई अष्ट्रेलियासहित नेपालबाहिर रहेको समूदायकाबिच लैजाने उद्देश्यले वीपी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया गठन गरिएको छ । भिक्टोरिया निवासी दुर्गा आचार्यको अध्यक्षतामा गठित यस संस्थाले वीपी कोइरालाका विचारहरुलाई अझ बढी अध्ययन, अनुसन्धान गरी सर्वव्यापी पस्कने लक्ष्य लिएको छ । नवगठित संस्थाको उपाध्यक्षमा डा. घनश्याम चापागाईं, महासचिवमा अभिमन्यु केसी, कोषाध्यक्षमा डा. डिल्ली बन्जाडे, प्रवक्तामा डिल्लीराम ढकाल, सम्बन्ध प्रबन्धकमा रमेश छत्कुली रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा नारायण काफ्ले, डा. राजु अधिकारी, डा. चन्द्रदिपक पोखरेल, छिरिंग लामा, श्री पन्त, पुरुषोत्तम मिश्र, रामबहादुर थापा, जानकी पौडेल, कमल अधिकारी, डा. देवराज पौडेल, डा. भरतराज पौडेल, शरण कोइराला, नगेन्द्र अधिकारी, भुपेन्द्र केसी र राजन ढुंगेल रहेका छन् । नवगठित संस्थाका अध्यक्ष दुर्गा आचार्यले एमएनटीभीसँग कुरा गर्दै भने, यो कुनै राजनीतिक दलको शाखा होइन । लोकतान्त्रिक समाजवादी चिन्तन बोकेका सबैको साझा चौतारी बनाउने हाम्रो लक्ष्य छ । चिन्तन प्रतिष्ठानले विभिन्न छलफल, बहस र अन्तरक्रियाको माध्यमबाट वीपी कोइरालाको विचारलाई प्रबद्र्धन गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?