सिड्नीमा तीज धमाकाको तयारी पूरा, सिन्धु मल्ल, चन्दा अर्यालले स्टेज तताउने


अष्ट्रेलियामो तीजको माहोल तात्दै जाँदा सिड्नीमा तीज धमाका २०१७ आयोजना हुने भएको छ । आगामी २९ जुलाईमा सिड्नीको रकडेलस्थित टाउन हलमा आयोजना गर्न लागिएको तीज धमाकामा प्रमुख आकर्षण गायिका सिन्धु मल्ल र चन्दा अर्याल छन् । कार्यक्रमको सञ्चालन श्रृया राईले गर्ने र नृत्यंगना सपना खत्रीले पनि उपस्थित दर्शकहरुलाई तीजको माहोलमा नचाउने आयोजक बिएमएस फिल्मसका वीरेन्द्र मल्लले जानकारी दिए । बाँकी जानकारी यो पोष्टरमा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?