भिक्टोरियाकी गभर्नरलाई उपप्रधानमन्त्री श्रेष्ठले दिए पस्मिना र नेपाली काष्टकला उपहार


हाल अअष्ट्रेलियाको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ र भिक्टोरियाकी गर्भनर लिन्डा डिसायूलाई उहाँकै कार्यकक्षमा भेट गनुृभएको छ । उक्त भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अष्ट्रेलिया सरकारले गरेको सहयोगप्रति आभार वयक्त गर्नुभएको थियो भने गभर्नर लिन्डाले आफु नेपालसँग नजिक रहेको धारणा राख्नुभएको थियो । उहाँले आफ्नो बाबुआमा नेपालको भ्रमणमा गएको र आफुलाई पनि नेपाल जाने अभिलाषा रहेको बताउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले भेटका अवसरमा नेपालबाट ल्याएको पस्मिनाको सल तथा नेपाली हस्तकलाका सामग्रीहरु गभर्नर डिसायूलाई प्रदान गनुृभएको थियो । अष्ट्रेलियामा नेपालीहरुले पाएको सद्भावका लागि धन्यवाद दिँदै मन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जानेमा आफु आशावादी रहेको धारणा राख्नुभएको थियो । मन्त्री श्रेष्ठका साथ राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशी पनि हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?