प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त


प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहनुभएका भानुलाई प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?