चिनियाँ विदेशमन्त्रालयले भन्यो, तनाव कम गर्न भारतले चिनियाँ भूभागबाट सेना फिर्ता लानुपर्छ


चिनियाँ भूभागमा सैनिक राखेको दावी गर्दै मङ्गलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भूभागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताउनुभएको छ । भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उहाँको दावी थियो । भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताउनुभयो । चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उहाँको भनाई थियो । लुले थप्नुभयो, “घटनाको उद्देश्य प्रष्ट छ । भारत्ीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।” भारतलाई अवस्थालाई सहीरूपमा बुझ्न र सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?