आज र भोलि काठमाडोंको अन्नपूर्ण होटलमा एक्का एजुकेशन एण्ड माइग्रेसन फेयर हुँदै


अष्ट्रेलियामा रहेर विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका कन्सल्टेन्सीहरुको संस्था अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्स एलाईन्स एक्काको आयोजनामा आज जुलाई १४ र भोलि जुलाई १५ तारिखका दिन काठमाडौंमा प्रदर्शनी हुने भएको छ । एक्का एजुकेशन एण्ड माईग्रेसन फेयर नाम दिइएको यस प्रदर्शनीमा अष्ट्रेलियामा पढ्न आउन चाहने विद्यार्थीहरुको निम्ति उचित सल्लाह र परामर्श सेवा उपलब्ध गराइने भएको छ । यस फेयरमा २० भन्दा बढी कन्सल्टेन्सीहरुले सहभागिता जनाएका छन् भने अष्ट्रेलियामा सञ्चालित केही कलेजले पनि आफ्नो उपस्थिति जनाएका छन् । यस फेयरमा आएका विद्यार्थी र अभिभावकहरुलाई अष्ट्रेलियाको उच्च शिक्षामा प्राप्त हुने सेवा सुविधाका साथै अवसरहरुको विषयमा जानकारी दिइने एक्काका अध्यक्ष निरज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार दरबारमार्गस्थित होटल अन्नपूर्णमा विहान १० बजदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीका लागि नेपालस्थित अष्ट्रेलियन दूतावासले समेत सहयोग गरेको छ । प्रदर्शनीको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्नेछन् । यो प्रदर्शनीमा ट्राभल एजेन्सीहरु, बिमा प्रदायक संस्थाहरुको पनि स्टल रहनेछ । प्रदर्शनीकै विषयमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । कार्यक्रममा निःशुलक प्रवेशको व्यवस्था मिलाइएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?