विवाहोत्तर सम्बन्धले परिवारमा ल्याउने समस्याको वर्णन किरण भण्डारीको म्युजिक भिडियोमा


अष्ट्रेलियमा रहेका गायक तथा संगीतकार किरण भण्डारीको नयाँ गीत  “छातीको दिल” यूटूब मार्फ़त रिलीज़ भएको छ । किरण भण्डारीकै शब्द, संगीत र गायनमा रहेको गीतमा पारिवारिक  समस्यालाई समेटिएको छ । गीतकार, संगीतका एवं गायक भण्डारी भन्छन्, आजकल प्रत्यक ५ मध्ये एउटा परिवारमा कुनै न कुनै किसिमको समस्या देखिन्छ । यही समस्यालाई समाधान गर्न नसक्दा परिवार भताभुंग भएको छ । विवाहोत्तर सम्बन्धका कारण समस्यामा परेको परिवारको कथा मैले यस गीत मार्फत प्रस्तुत गरेको छु । गीतको म्युजिक सिड्नीका मोडलहरु समि श्रेष्ठ र सपना खत्रीले अभिनय गरेका छन् । गीतको छायाँकन अरुण आर्यन चौधरी र सुबोध ताम्राकारले गरेका हुन् । यस म्युजिक भिडियोको निर्देशन र सम्पादन थन्डरस्ट्रम अडियो भिडियोले गरेको हो । म्युजिक भिडियो बुढासुब्बा म्युजिकमा रिलिज गरिएको छ । भिडियो यहाँ हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?