एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका प्रत्यासीहरुको ‘ईलेक्सन डिबेट’ सोमबार सिड्नीमा हुँदै


गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई ८ तारिखमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वारबीचको लाईभ ईलेक्सन डिवेट सोमबार सिड्नीमा आयोजना हुने भएको छ । एमएनटीभीको आयोजनामा स्थानीय रकडेलस्थित ईन्द्रेणी फंक्सन सेन्टरमा साँझ ५ बजेपछि आयोजना हुन लागेको डिवेटमा अध्यक्षका प्रत्यासीहरुसँग आगामी कार्यकालको विषयमा सवाल जवाफ हुनेछ । एनआरएनमार्फत अष्ट्रेलियामा रहने नेपालीहरुको प्रतिनिधित्व गर्न अग्रसर भएका उनीहरुलाई दर्शकहरुले प्रश्न पनि सोध्न सक्नेछन् । कार्यक्रमको थप जानकारी यो पोष्टरमा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?