नेपालका परराष्ट्रमन्त्रीसँग अष्ट्रेलियन राजदूतको भेट, नेपालमा लगानीको विषयमा छलफल


नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग अस्ट्रेलियाका राजदूत पिटर बडले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा यहाँ अस्ट्रेलियाली लगानी आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलिया सरकारले पु¥याएको सहयोगको सराहना पनि गर्नुभयो । राजदूत बडले अस्ट्रेलियामा नेपालीको बसोबास बढेको उल्लेख गर्दै दुई देशबीच जनस्तरसम्म सम्बन्ध विकसित भएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?