राजदूत शेर्पाले पेश गरिन् ओहोदाको प्रमाणपत्र, आफ्नै दूतावास भवन खरिद गर्ने पहल हुने


-प्रदिप तिमल्सिना/MNTV Canberra 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष आज यहॉ आयोजित एक औपचारिक कार्यक्रमका बिच ओहोदाको प्रमाण पत्र पेश गरेकी छिन् ।

PRESENTATION OF CREDENTIALS
TO THE GOVERNOR-GENERAL BY NEW HEADS OF MISSION (HOM)
Federal Democratic Republic of Nepal

क्यानवेराको यारालुम्लामा रहेको गभर्मेन्ट हाउसमा आयोजित औपचारिक समारोहमा राजदूत शेर्पाले गभर्नर जनरल कोस्ग्रोव समक्ष ओहोदाको प्रामाणपत्र पेश गरि पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । सपथग्रहण पछि भएको दुईपक्षीय छलफलका क्रममा गभर्नर जनरल कोस्ग्रोवले राजदूत शेर्पाको अष्ट्रेलिया बसाई सुखद रहोस् भन्ने कामना गरेका थिए । राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गभर्नर जेनरललाई पठाएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् ।

 

अष्ट्रेलियाको कुट्नैतिक चलन अनुसार यहाँको कार्यकारी प्रमुखका हैसियतले गभर्नर जनरल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरिन्छ । ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा राजदूतको कार्यभार आजैबाट उनले सम्हालेकी छिन् । बिगत एक वर्षभन्दा बढी समयदेखि राजदूतविहीन बनेको क्यानबेरास्थित नेपाली दूतावासले नयाँ नेतृत्व पाएसंगै आफ्नै दूतावास भवनका लागि जग्गा खरिद गर्ने प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । यसअघि नै कार्यवाहक राजदूत राजेन्द्र पाण्डेको बेलामा नेपाली दूतावास भवन खरिदका लागि प्रक्रिया अगाडि बढेको छ । यो योजनाले शेर्पाको कार्यकालमा मूतरुप पाउने अपेक्षा गरिएको छ । यस्तै दूतावासमा प्राप्त हुने सुविधाहरु र जनगुनासोलाई समेत ध्यानमा राखेर आफुले यहाँ रहेका नेपालीको सेवामा अग्रसर बन्ने प्रतिक्रिया राजदूत शेर्पाले दिएकी छिन् । मूलखर्क९ ५, सङ्खुवासभा निवासी शेर्पालाई गत ४ जेठ गते नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियूक्त गरिएको थियो ।ओहोदाको प्रमाणपत्र बुझाउँदाका केही दृश्यहरु

 

 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?