ब्रिसबेनमा कम्युनिटी सेन्टर बनाउन एकै दिन एक लाख डलर जुट्यो


ब्रिसबेनमा नेपाली सामूदायिक भवन निर्माण गर्नका लागि सोमबार आयोजना गरिएको भेलाबाट एक लाख डलरभन्दा बढीको प्रतिबद्धता आएको छ । उक्त अवसरमा हरि खड्का र राजन कोइराला, मोहन शर्मा, नारायण पोखरेलले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्नुभएको थियो । आगामी दिनको कार्ययोजना नारायण पन्थीले पेश गर्नुभएको थियो । एशग्रूभ बल क्लबको हलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा एकै दिन एक लाख डलरभन्दा बढीको प्रतिबद्धता आएको केन्द्रका नारायण पन्थीले एमएनटीभीलाई जानकारी दिए । अन्तरक्रिया कार्यक्रमबाट तदर्थ समिति गठन गरिएको छ ।

तस्वीर सांकेतिक मात्र हो । ब्रिसबेनको सामूदायिक केन्द्रको प्रारुप बन्न बाँकी नै छ ।

समितिमा हरि खड्का, नारायण पन्थी, रमेश न्यौपाने, दिल बस्नेत, अभिमानसिंह बस्नेत, राजुन कोइराला र नारायण पोखरेल रहनुभएको छ । आगामी ६ महिनाभित्र समितिलाई पूर्णता दिने बताइएको छ । एमएनटीभीसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं वर्तमान क्वीन्सल्याण्ड राज्य समितिका संयोजक अभिमानसिंह बस्नेतले नेपाली समूदायको पहिचान स्थापित गर्न र एकताबद्ध प्रयासमा सामूदायिक केन्द्र कोशेढुंगा बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । कम्युनिटी सेन्टर शेयर होल्डिंगको अवधारणामा सञ्चालित हुनेछ । जसका लागि लागि हरि खड्का र रजनी खड्काले १० हजार दिनुभएको छ भने ५ हजार डलर दिनेहरुमा अभिमानसिंह बस्नेत, बामदेव पौडेल, बिमल ज्ञवाली, दिलबहादुर बस्नेत, गोविन्द बराल, केशव र केशु शर्मा, म्याक विष्ट, मनिक न्यौपाने, मोहन शर्मा, नारायण कोइराला, नारायण पन्थी, पशुपति भट्टराई, प्रविन थापा, प्रदिप न्यौपाने, राजन कोइराला, राजेन्द्र शर्मा, रमेश न्यौपाने, रेवती दाहाल, सन्तोष कुँवर, सुरेश रेग्मी, सुशील अधिकारी, स्वतन्त्र प्रताप शाह छन् भने दुई हजार डलर दिनेमा बिमल खरल, रामगौतम रहेको सामूदायिक केन्द्रले प्रकाशित गरेको विवरणमा लेखिएको छ । आगामी साता हुने तदर्थ समितिको बैठकले केही पदाधिकारीको टुंगो लगाउने बताइएको छ । यो सामूदायिक केन्द्रमा हल, पार्टी गर्ने ठाउँ, मन्दिर, गुम्बा, सूचना केन्द्रका साथै एनआरएन, नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याड र नाफाको सम्पर्क कार्यालय समेत रहनेछ । ११ लाख तीस हजार डलरको लागतमा बन्ने यो योजनामा ४ सय ५० भन्दा बढी परिवार शेयर होल्डरको रुपमा रहनेछन् ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?