राजपा विदेशीको इसारामा चलेको बामदेवको आरोप, खनाल भन्छन्, मधेसीको अधिकार खोसियो


नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी विदेशीको इशारामा चलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपालले आज गुलरियामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले जनताका आधार गुमाइ सकेकाले एउटा पनि तह जित्न सकिँदैन भनेर राजपा चुनावमा नगएको बताउनुभयो । उपाध्यक्ष गौतमले फिर्ता लिन नमिल्ने भएपनि सरकारले फौजदारी अभियोग लागेकाहरूको समेत मुद्दा फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको आरोप लगाउनुभयो । निर्वाचनमा तालमेल उपयुक्त नभएको प्रष्ट पार्दै उहाँले आफूहरुले नेपाली कांग्रेससँग कुनै पनि ठाउँमा चुनावमा तालमेल नगर्न निर्देशन नै गरेको उल्लेख गर्नुभयो ।
मधेसीको अधिकार खोसियो
नेकपा९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ । इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो । ” निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो । वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?