पाकिस्तानी सेनाद्वारा अफगानी सीमामा बार लगाइने प्रस्ताव


पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ । 
उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ । सेनाले नयाँ किल्ला र सीमास्तम्भ सुरक्षा निगरानी र रक्षात्मक शक्तिलाई सुदृढ गर्न सारिएको ना भएको बताएको छ ।
सुरक्षित सीमा दुवै देशको हित र सुरक्षा संयन्त्रको राम्रो सहकार्यका लागि आवश्यक भन्दै यो दुवै देशको शान्ति र स्थायित्वका लागि भएको बताएको छ । दुई देशलाई दुई हजार ४०० ‘ड्युरान्ड लाइन’ ले बेलायती शासकद्वारा सन् १८९६ मा विभाजित गरिएको थियो । काबुलले यसलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय सिमानाका रुपमा स्वीकार गरेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?