जब गृहका कर्मचारीले जनार्दन शर्मालाई ऊर्जा मन्त्रालयको जस्तै सुधारका लागि यस्तो भने …


गृहमन्त्री जनार्दन शर्मा यतिबेला चर्चामा छन् । विद्युतभार कटौनीको योजनाले मूर्तरुप पाएपछि धेरैले उनीबाट थप आशा गरेका छन् । तर, यतिबेला उनी गृहमन्त्री भएका कारण गृह मन्त्रालयमा एउटा थिती बसाल्ने अपेक्षा धेरैको छ । बिहीबार मन्त्रालयमा आयोजना गरिएको छलफलमा पनि स्वयं कर्मचारीले उनीबाट गरिएको अपेक्षाको फेहरिस्त खोले । गृहमन्त्री शर्मा भन्दै थिए राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन एकापसमा मिलेर जानुपर्छ । नेपाल निजामती कर्मचारी सङ्गठनले आज गृह मन्त्रालयमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराएर मुलुकलाई समृद्ध बनाउने नै आफ्नो प्रमुख कार्यभार रहेको बताउँदै मुलुकको बृहत्तर हितभन्दा बाहेक आफ्नो कुनै स्वार्थ नभएको स्पष्ट गर्नुभयो । गृह प्रशासनप्रति नागरिकको सकारात्मक धारणा नरहेको बताउँदै मन्त्री शर्माले विगतमा के भयो त्यो नहेरेर आगामी दिनमा जनतालाई सकारात्मक र सहज तवरले सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकार र राज्य भएको अनुभव गराउने र जनताले भरोसा गर्ने निकाय गृह प्रशासन नै रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रहरी प्रशासनमा बेथिति छ, जनताको काम तोकिएको समयमा पूरा भएको छैन, कर्मचारीले दुःख दिएको गुनासो व्याप्त छ । आगामी दिनमा कुनै पनि निकायमा जनताले गुनासो गर्ने अवस्था आउनुहुन्न । जनतालाई प्रभावकारी सेवा दिनुस्, कर्मचारीको सेवा सुविधाको सम्बन्धमा म आवश्यक निर्णय गर्छु ।” उहाँले गृह प्रशासनको ‘चेन अफ कमान्ड’ र मातहतका निकायको उचित परिचालनका सम्बन्धमा कर्मचारीसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनुभयो । कर्मचारी सङ्गठन गृह मन्त्रालयअन्तर्गतको विभागीय समितिका अध्यक्ष कैलाश श्रेष्ठले विद्युत्भार कटौती अन्त्य गर्न सफल भए जस्तै गृह प्रशासन सुधार गर्न पनि मन्त्री शर्मा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?