शिव परियारले गाएको रुवालीको मायाँको पवित्र बन्धन यहाँ हेर्नुहोस्


अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका फोटो तथा भिडियोग्राफर राम रुवालीले लेखेको मायाको बन्धन बोलको गीतको भिडियो पछिल्लो समय हाईलाईट्स नेपाल मार्फत सार्वजनिक गरिएको छ । रुवालीले लेखेको गीतलाई शिव परियारले गाएका छन् भने यसमा संगीत बसन्त सापकोटाको छ । जीवनको यथार्थ बोलिएको गीतको भिडियोको निर्देशन दिपेन्द्र केसीले गरेका हुन् । सुनिल बस्नेत र सिर्जना तथा महेशको अभिनय गरेको गीतमा हरि हुमागाईको छायाँकन गरेको छ । गीतले धोका दिएर गएपनि जीवन त अघि बढ्छ नै भन्ने सन्देश दिएको छ । गायक रुवालीले आफुले छिट्टै एल्बम ल्याउने तयारी गरेको एमएनटीभीसँग बताए । यसअघि पनि दुईवटा गीत र तिनको भिडियो सार्वजनिक गरिसकेका राम रुवाली प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रलाई केह ियोगदान गर्न सकिन्छ भन्ने आफ्नो उद्देश्य रहेको बताउँछन् । गीतको भिडियो यहाँ हेर्न सक्नुहुनेछ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?