प्रधानमन्त्री देउवा पुगे प्रचण्ड निवास,सरकार सञ्चालनबारे छलफल


प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी गर्नुभएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गर्नु भएको थियो । 

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिनेको भीड
नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिन बिहानैदेखि उहाँको निवास बूढानीलकण्ठमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको छ । व्यवस्थापिका– संसद्बाट मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पार्टीका सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिन पूर्वमुख्य सचिव, पूर्वसचिव, राष्ट्रसेवक कर्मचारीलगायत नेता कार्यकर्ता एवम् सर्वसाधारणको भीड लागेको हो । बधाई दिन सांसद, काँग्रेस केन्द्रीय सदस्यलगायत बूढानीलकण्ठ पुग्नुभएको थियो । नव निर्वाचित प्रधानमन्त्री देउवाले आजै शपथग्रहण गर्ने कार्यक्रम छ । शपथपछि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी नेपाली काँग्रेस केन्द्रीय कार्यालय बिपी नगर सानेपामा रहेको संस्थापक नेता बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?