नवनिर्वाचित प्रधानमन्त्री देउवालाई भारत र चीनको बधाई


gjlgjf{lrt k|wfgdGqL z]/axfb’/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f,/f;;

नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।


देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नुभएको थियो । जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित प्रधानमन्त्री देउवालाई चीनको बधाई
नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गर्नुभयो । जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?