क्यान्वेरामा कर्णदास साँझ जुन ९ मा, अष्ट्रेलियाका अन्य शहरमा पनि आयोजना गरिँदै 


प्रदीप तिमल्सिना/क्यान्वेरा
आगामी जुन ९ तारिख क्यानबेरामा कर्णदास साँगितिक साँझ आयोजना हुने भएको छ। इन्टरनेशनल नेपाल फेलोसिप(आइ.एन.एफ) द्वारा नेपालको पोखरामा निर्माणाधीन ग्रीन पाश्चर हस्पिटलको सहयोगार्थ क्यान्बेराको मुटु सिभिकमा अवस्थित ओरिजिन नेपाल रेष्टुरेन्ट एन्ड वारमा गायक कर्ण दासको सॉंगितिक कार्यक्रम हुन लागेको हो । नेपाली सॉंगितिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल दासले कार्यक्रममा ठूला ठूला महल हैन, ज़िन्दगीको के भरोसा, तिम्रो मेरो सम्बन्धको, पुरानो डुंगा लगायत आफ्ना एक दर्जन भन्दा बढ़ी गीतहरू पस्कनेछन् ।
आइ। एन। एफ। बिगत ६५ वर्षदेखि नेपालका बिभिन्न ग्रामीण भेगहरूमा शिक्षा, स्वास्थ्य अनि सामाजिक पूर्वाधार क्षेत्रमा काम गर्दै आइरहेको निकै पुरानो अन्तरराष्ट्रीय गैर सरकारी संस्था हो । महाभूकम्प पछीको पुनस् निर्माणमा समेत उल्लेखनीय कार्य गरेको आई। एन। एफ। ले ग्रामीण स्वावलम्बन, झोलुन्गे पुल निर्माण लगायतका कार्य गर्दै नेपालको विकास निर्माणमा सहयोग गर्दै आइरहेको छ । यसै क्रममा स्पाईनल इन्जुरीहरूको उपचारार्थ पोखराको बगरमा आई। एन। एफ। को पहलमा ग्रीन पाश्चर हस्पिटलको निर्माण हुन लागेको छ , उक्त अस्पताल निर्माणमा आर्थिक सहयोग जुटाउन क्यन्वेरा लगायत अष्ट्रेलियाका बिभिन्न प्रमुख शहरहरूमा आइ। एन। एफ। द्वारा कर्णदास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको व्यहोरा आयोजकले जनाएको छ। स्थानीय नेपाली रेडियो एफ। एम। ९१।१ को समन्वयमा हुन लागेको उक्त सॉगितिक कार्यक्रमलाई क्यान्बेरा स्थित स्थानीय नेपाली सँस्थाहरू अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटी तथा एन आर एन को सहयोग पुर्याउने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?