काठमाडौँ महानगरमा विद्यासुन्दर शाक्य विजयी, उम्मेद्वार नहुनाले घोषणा हुन भने बाँकी


काठमाडौँ महानगरपालिकाको मतगणना सकिँदा नेकपा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य विजयी भएका छन् । प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको छ । माओवादीका सर्वोत्तम डंगोलले ९ हजार ४ सय ६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा हरिप्रभा खड्गी विजयी भएकी छिन् । उनले ५८ हजार ९ सय ५२ मत प्राप्त गरेकी छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?