प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?