म्यानचेस्टर आत्मघाती हमलाको आईएसद्वारा जिम्मेवारी लियो, एक संदिग्ध आक्रमणकारी पक्राउ


बेलायतमा सोमबार राति भएको म्यानचेस्टर क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक २३ वर्षीय युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको यहाँको प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम विस्फोट भएको थियो ।
आक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो भने दर्जनौँं व्यक्ति घाइते भएका छन् । आक्रमणमा सम्लग्न भएको आशङ्कामा एक युवकलाई सुरक्षा नियन्त्रणमा लिएको बताउँदै घटनामा उसको सम्लग्नता थियो वा थिएन भन्ने विषयमा छिट्टै जानकारी बाहिर आउने, प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच, बेलायतकी प्रधानमन्त्री थेरेसा मेले आत्मघाती हमलामा संलग्न व्यक्तिको बारेमा प्रहरीलाई थाहा भएको बताउनुभएको छ । 
प्रहरीले आक्रमणको मुख्य योजनाकार र आक्रमणकारीसमेतको बारेमा थाहा भएको बताउँदै अनुसन्धान जारी रहेकाले सबैको नाम सार्वजनिक नगरिएको प्रधानमन्त्री मेले टेन डाउनिङ स्ट्रिट बाहिर भएको सङ्कटकालीन सुरक्षा समितिको अध्यक्षताका क्रममा बताउनुभयो । प्रधानमन्त्रीले अस्पतालमा उपचारारत कैयौँ महिला तथा बालबालिकालगायतलाई गहिरो चोट लागेकाले उनीहरू जीवनका लागि अस्पतालमा सङ्घर्ष गर्दै रहेको बताउनुभयो । मेले छिट्टै म्यानचेस्टरको भ्रमण गरी मृतकका आफन्तजन र घाइते व्यक्ति तथा उनीहरूका परिवारलाई समवेदना दिने बताउनुभएको छ । प्रधानमन्त्री मेले म्यानचेस्टर आक्रमणलाई यहाँको इतिहासमै भएको सबैभन्दा हृदय बिदारक आतङ्कवादी आक्रमणको संज्ञा दिनुभएको छ । त्यसैगरी प्रधानमन्त्रीले घटनाले बेलायतका सम्पूर्ण दल तथा नागरिकलगायत विश्व समुदायलाई दुःखित तुल्याएको बताउनुहुँदै सम्पूर्ण राजनीतिक दलले निर्वाचनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको बताउनुभएको छ ।
अर्कोतर्फ, आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?