भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने, ज्ञवालीको अग्रता कायमै


भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार छ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ । गणनाको अन्तिम चरणमा पुगेको वडा नं। १ को गणना सकिएसँगै दश ठाउँमा गणनाको काम गर्न लागिएको हो । गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतले मात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ । मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई दुई जना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताउनुभयो । यसैबीच भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले० का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उहाँले २५०२ प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले १६५९ प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले २०४४मत पाउनुभएको छ भने एमालेकी दिव्य शर्मा आचार्यले २०६६ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?