कमलवेल्थ बैंकको नामबाट मोबाइलमा आयो यस्तो मेसेज ? सतर्क रहनस् ठगिनुहोला


अष्ट्रेलियामा सोझा ग्राहकलाई विभिन्न किसिमबाट ठग्ने क्रम यथावत छ । पछिल्लो समय तपाईंको मोबाईल फोनमा “आई कान्ट हियर यू” नामक ठगी श्रृंखला चलेको थियो । यो रोकिँदा नरोकिँदै अहिले कमलवेल्थ बैंकका ग्राहकहरुलाई एसएमएस पठाएर उनीहरुको व्यक्तिगत विवरणहरु लिने र त्यसको माध्यमबाट आर्थिक अपराध गर्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । कमनवेल्थ बैंकले आफ्ना ग्राहकहरुलाई सतर्क रहन चेतावनी नै दिएको छ । बैंकका अनुसार उसले कहिल्यै पनि वेवसाईटमा आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण, क्रेटिड कार्ड नम्बर र खाता नम्बर आदि माग्ने गर्दैन । तर, कमनवेल्थ बैंकको भन्दै आएको यस्तो एसएमएसमा भने उनीहरुको कमनवेल्थ बैंक खाता लक भएको भन्दै सम्पूर्ण व्यक्तिगत विवरण माग्ने गरिएको बैंकले जनाएको छ । यस्तो भ्रममा नपर्न ठगिने कार्यबाट जोगिन पनि बैंकका अधिकारीहरुले अनुरोध गरेका छन् । कतै तपाईंलाई पनि यस्तो मेसेज त आएको छैन ? यदि छ भने यसलाई तत्कालै डिलिट गरिहाल्नुहोस् यो यस्तो लिंक हो जसमा गएर यदि तपाईंले आफ्नो विवरण दिनुभयो भने तपाईंको खाता अरुले नै चलाइदिने खतरा रहन्छ र त्यसको रकम अन्यत्र सार्ने सम्भावना रहने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?