मर्केलको दल क्रिश्चियन डेमोक्रोटिक युनियनलाई बहुमत


जर्मन चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रोटिक युनियन (सिडियु)े जर्मनीको सुदुरपूर्वीले राज्य सेलेस्वी होलस्टेइनमा प्रष्ट बहुमत प्राप्त गरेको छ । होलस्टेइनमा आइतबार सार्वजनिक भएको औपचारिक निर्वाचन परिणाम अनुसार मर्केलको दल सिडियुले ३२ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । यो सन् २०१२ मा भएको निर्वाचनको परिणाम भन्दा १.२ प्रतिशत बढी हो । सन् २०१२ मा सिडियुले सो क्षेत्रबाट जम्मा ३०.४ प्रतिशत मत प्राप्त गरेको थियो । त्यसैगरी सो क्षेत्रमा सोसल डेमोक्रेट ले २.७२ प्रतिशत ल्याएको छ भने अल्तरनेटिभ फर जर्मनी ले ५.० प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचनमा विजय भएसँगै सिडियुले सो राज्यको सरकारको नेतृत्वमा प्रसिद्ध नेता डेनियल गोएन्थरलाई पठाउने निर्णय गरेको छ । विजयपछि गोएत्थरले यथास्थितिवादी गठबन्धनलाई हराएर आफ्नो दललई विजय गराउनुमा यहाँका जनताले विकासको नयाँ सुरुवाट खोजेको आपूmले बुझेको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?