आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने अभिमानसिंह बस्नेतको घोषणा


एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अभिमानसिंह बस्नेतले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । ब्रिसबेनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् । केही समय अघि आफ्नो छट्टै फेसबुक पेज खोल्दै उनले केही मुद्दाहरु एनआरएन अष्ट्रेलियाका सदस्यहरुमाझ ल्याएका थिए । तिनै मुद्दालाई अघि सार्दै पत्रकार सम्मेलनमा उनले अध्यक्षको पदमा आफ्नो दावेदारी दिएका छन् । उनले पत्रकार सम्मेलनमा भने, अध्यक्ष पद आफैंमा ज्यादै महत्वपूर्ण र गौरबशाली पद हो । बिगतमा मैले निभाएको एससीसी कोअर्डिनेटरको २ वर्षको कार्यकालमा हाम्रा कयौं एजेन्डाहरुलाई समाधान गरेका छौं । आगामी कार्यकालका लागि मैले केही थप नयाँ एजेन्डाहरु समेत अगाडि सारेको छु । उनले पत्रकार सम्मेलनमा अध्यक्ष पदमा निर्वाचित भएको अवस्थामा नेपालमा सामूहिक लगानीको बाताबरण बनाउन पहल गर्ने, आप्रवासी विद्यार्थीहरुका लागि सूचना केन्द्रको स्थापना गर्ने, दोहोरो नागरिकताको पूर्ण कार्यनब्ययनको लागि पहल गर्ने, सम्भब भएसम्म अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाली सामुदायिक भवनको निर्माणको लागि पहल गर्ने, कल्याणकारी कोषको क्षमता वृद्धि गर्ने, एनआरएन अष्ट्रेलियाको सदस्यता २० हजार बनाउने बताएका छन् । नेपालमा सामूहिक लगानीमार्फत विकासका विभिन्न कार्यक्रम लैजान नसक्नु एनआरएन अभियानको गम्भीर गलती भएको ठहर पनि उनले गरेका छन् । त्यसैले आफुले अध्यक्ष पदमा पुगेर सामूहिक लगानीलाई अघि बढाउने बस्नेतले बताए । उनले भने, अष्ट्रेलियामा बस्ने हरेकले मात्र हजार डलरको लगानी गर्ने हो भने पनि ८ अर्बको हाराहारीमा लगानी लैजान सकिन्छ ।
यस्तो लगानीले अदक्ष कामदारहरु विभिन्न मुलुकमा जाने क्रम रोकिने र नेपालमै रोगारी सिर्जना हुने पनि उनले आशा व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?