एमएनटीभीकर्मी विनोद पौडेल अष्ट्रेलियाका लागि युथ एम्बेसडर नियुक्त


एमएनटीभीका सहकर्मी विनोद पौडेल अष्ट्रेलियाका लागि युथ एम्बेसडर नियुक्त भएका छन् । नेपालाम रहेको युवा सदन नेपाल नामक संस्थाले उनलाई उनलाई नियुक्त गरिएको पत्रमा संस्थाका अध्यक्ष दिवाकर अर्यालले हस्ताक्षर गरेका छन् भने शान्ति निर्माण, युवाहरुबीचको सञ्जाल निर्माण, संयोजन लगायतका जिम्मेवारी दिइएको छ । केही समय अघि सार्कस्तरीय युवा सम्मेलन आयोजना गरेको संस्थाले उक्त सम्मेलनमा टिप्पणीकारको रुपमा सहभागी भएका पौडेललाई युथ एम्बेसडर नियुक्त गरेको हो । सार्कका विभिन्न राष्ट्रका प्रतिनिधि सम्मिलित सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । नियुक्तिपछि प्रतिक्रिया दिँदै पौडेलले आफुलाई युवाहरुको उत्थानका लागि थप कार्य गर्नका लागि यसले प्रेरणा दिएको बताएका छन् । उनी नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य हुन् भने अन्तर्राष्ट्रिय नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनी एमएनटीभीमा द भाईव नामक कार्यक्रम सञ्चालन गर्दछन् । यस कार्यक्रमको नारा नै युवाको उत्थान हाम्रो अभियान रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?