इमानुएल म्याक्रोँ फ्रान्सका नयाँ राष्ट्रपति, विश्व नेताहरुले दिए बधाई


फ्रान्समा इमानुएल म्याक्रोँ नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । फ्रान्समा राष्ट्रपतिको चयनका लागि स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान भएको थियो । उनका प्रतिस्पर्धी मरिन ले पेनलाई उनले पराजित गरेका हुन् । इमानुएल म्याक्रोँ मात्र ३९ वर्षको उमेरमा राष्ट्रपति भएपछि उनी कम उमेरको राष्ट्रपतिको सूचिमा पहिलो नम्बरमा परेका छन् । खसेको भोटमध्ये ६५ प्रतिशत उनले प्राप्त गरेका थिए । पहिलो चरणको निर्वाचनमा ११ जनालाई पछि पार्दै यी दुई उम्मेद्वार दोश्रो चरणका लागि अघि आएका थिए । नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोँ युरोपियन युनियनका समर्थक मानिन्छन् । फ्रान्समा नयाँ राष्ट्रपतिको चयन भएपछि विव नेताहरुले बधाई दिने क्रम जारी छ । उनीहरुले स्थीर र प्रगतिउन्मुख फ्रान्स देख्न चाहेको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?