साउदर्न हाईल्याण्ड नेप्लीज कमिटि गठन, अरुण गौतम अध्यक्ष चयन


न्यू साउथवेल्स राज्यको दक्षिण भेगमा पर्ने तीन सबअर्ब मिट्टागोंग, ब्रोर्ल र मोसभेलमा बसोबास गर्ने नेपालीहरुले साउदर्न हाईल्याण्ड नेप्लीज कमिटी गठन गरेका छन् । हालै यी तीन ठाउँका अगुवाहरुको भेलाले यस्तो कमिटी बनाएको हो । भेलाबाट अरुण गौतम सर्वसम्मत अध्यक्ष चयन भएका थिए । नयाँ कार्यसमितिमा १९ सदस्य रहेका छन् । लेक ऐलेग्जेन्ड्रिया पार्कमा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भेला आयोजना गरिएको र भेलाबाट कार्यसमिति बनाइएको हो । उक्त भेलामा करिब सय जना नेपालीहरु उपस्थित भएका थिए । संस्थाका महासचिव सुमन बोहराले दुई सदस्य पछि थपिने जानकारी दिए । नवगठित संस्थाको संरषमा परशुराम अधिकारी रहेका छन् भने सल्लाहकारहरुमा नारायण चौलागाई, नारायण चौलागाई, रेशम गुरुंग, दिपक निरौला, संजय केसी, तुला भट्टराई रहेका छन् । यसैगरी कार्यसमितिमा अध्यक्ष अरुण गौतम, उपाध्इक्ष, सन्तोष बडाल, अर्जुन चौलागाई, महासचिव सुमन बोहरा, सचिव सन्तोष उपाध्याय, कोषाध्यक्ष अशोक बस्नेत रहेका छन् । कार्यसमितिको सदस्यहरुमा सुरेशदेव आचार्य, अर्जुन अखेली क्षेत्री, किशोर शर्मा, उज्जवल पोखरेल, राम केसी, समिर श्रेष्ठ, लक्ष्मण पाण्डे, संगिता खनाल, सिवानी दवाडी, प्रेक पराजुली, रबिन जोशी, साईमन महर्जन र रवि अमात्य रहेका छन्। संस्थाका संरक्षक परसुराम अधिकारीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले नेपाली जहाँ भयपनि एक जुट हुदै जुट्नु पर्नेमा धारणा राख्नुभएको थियो । उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष गौतमले हाईल्याण्ड निवासी नेपालीहरु एक जुट बनाउने माध्यम यो संस्था बन्ने र सुख दुःखको साथीका रुपमा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?