आइएसद्वारा सिरियाली शरणार्थी शिविरमा आक्रमण, बत्तीस जनाको मृत्यु


सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ । शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्पोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो ।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो । उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो ।  मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफ्पीलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?