उपप्रधानमन्त्री एवं गृहमन्त्री निधिको पदबाट राजिनामा, बालकृष्ण खाँण गृहमन्त्री तोकिने


उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पदबाट राजिनामा दिनुएका छन् । महाअभियोग प्रस्तावमा चित्त नबुझेपछि उनले कारण नखुलाई राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिनुभयो । पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’ यसैबीच, नेपाली काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका निधिले नै राजीनामा दिएपछि अब बालकृष्ण खाँणलाई नै रक्षा र गृहको जिम्मेवारी दिइने भएको छ । अर्को व्यवस्था भएपछि यसमा पुनरावलोकन गरिने बताइएको छ । निधिलाई नै मनाउने प्रयास पनि देउवा पक्षले जारी राखेका छन् भने नयाँ गृहमन्त्रीको रुपमा को जाने हो यसको चर्चा पनि चुलिएको छ । आफ्रं प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले सतर्कतापूर्वक नयाँ गृहमन्त्रीको खोजी गरेका छ्न ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?