एमाले अध्यक्ष ओलीसँग भेटेपछि कमल थापाको यो हाँसोको राज के होला ?


पछिल्लो समय स्थानीय निकायको चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढिरहेको छ । राप्रपाका अध्यक्ष कमल थापा यतिबेला सरकारका उपप्रधानमन्त्री मात्र छैनन् उनी अहिलेको समिकरणका बलियो खम्बा पनि बनेका छन् । उनै कमल थापासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेका छन् र विषयवस्तु राजनीतिक भएको बताइएको छ ।


सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उनीहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो । स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि आएको मधेसी मोर्चालाई कसरी समेटेर जाने र सीमाङ्कनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । प्रमुख प्रतिपक्ष एमाले मुलुकका वर्तमान सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको समेत उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?