अमेरिकाको पिछलग्गु बनिरहे अष्ट्रेलियामा परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी


उत्तर कोरियाले अष्ट्रेलियामा परमाणु आक्रमण हुनसक्ने चेतावनी दिएको छ । अमेरिकी नीतिलाई यसैगरी अनुशरण गरिरहे आक्रमण हुनसक्ने चेतावनी उसले दिएको हो । पछिल्लो समय अष्ट्रेलिया विदेशमन्त्री जुली विषपको उत्तर कोरियाको आणविक कार्यक्रम सम्बन्धी टिप्पणी पछि ऊ भड्किएको छ । उत्तर कोरियाको न्इूज एजेन्सी केसीएनएले शनिबार विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार अष्ट्रेलियन विदेशमन्त्रीलाई यदि यसैगरी अमेरिकी नीतिको पक्षपोषण गर्दै अघि बढेको यस्तो अवस्था आउनसक्ने चेतावनी दिइएको हो । उक्त विज्ञप्तिमा भनिएको छ, अष्ट्रेलियाको विदेशमन्त्रीले आफ्नो कुनैपनि भनाईहरु उत्तर कोरियाका विरुद्ध सार्वजनिक गर्दैगर्दा त्यसका सम्भावित परिणामहरुको पनि विचार गर्नुपर्दछ । यतिबेला अमेरिकी उपराष्ट्रपति माईक पेन्स अष्ट्रेलियाको भ्रमणमा छन् र उत्तर कोरियाको परमाणु हतियार तथा मिसाईल कार्यक्रमको विषयमा यहाँ कुरा हुने अपेक्षा छ । अष्ट्रेलियन प्रधानमन्त्री मालकम टर्नबुलले पछिल्लो समयमा गरेको भिसा सम्बन्धी कडाईलाई पनि अमेरिकाकै हावाको रुपमा चित्रण भइरहेको बेला उत्तर कोरियाले पनि अमेरिकासँग निकटबन्ने र अन्य स्वतन्त्र राष्ट्रहरुलाई विषवमन गर्ने कार्यले अष्ट्रेलियालाई हानी हुनसक्ने चेतावनी दिएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?