अष्ट्रेलिया आउँदा विद्यार्थीले ऋण लिनमिल्ने बैंकको संख्या बढ्यो, सबै “क” वर्गको स्वीकृत


नेपालबाट अष्ट्रेलियामा पढ्न आउँदा नविल बैंक र एसविआई बैंकबाट मात्र ऋण लिन पाउने यसअघिको व्यवस्थालाई अपडेट गर्दै दिल्लीस्थित अष्ट्रेलियन हाई कमिशनले घोषणा गरेको नयाँ नियम अनुसार अब क वर्गमा वगीकृत कुनैपनि नेपाली वाणिज्य बैंकहरुले विद्यार्थीलाई ऋण दिन सक्नेछन् । यसअघि एसविआई र नविल बैंकबाट मात्र यस्तो ऋण स्वीकृत गर्नुपर्ने बाध्यता थियो । नेपालमा क वर्गमा २८ वटा बैंक रहेका छन् । यी सबै बैंकले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीका लागि ऋण दिनसक्ने भएपछि विद्यार्थीलाई केही राहत भएको छ । यद्यपि, सहज बनाइएको यो नियममा टेकेर फेरि पहिलेकै जस्तो झुठा कागजपत्र पेश गर्ने कार्य बढेमा यसमा बन्देज समेत लगाउन सक्नेछ । शैक्षिक परामर्शदाताहरुले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया पढ्न आउन यो एउटा थप सहज बाटो भएको बताएका छन् । यसअघि नै नेपाल २ नम्बरमा वगीकृत यथावत रहेको थियो । यसले गर्दा लेभल २ मा नै रहेका विश्वविद्यालय र कलेजमा आवेदन दिँदा भिसा लाग्ने सम्भावना अधिक हुने र आर्थिक पाटोको अध्ययन अनुसन्धान गर्ने कार्य स्वयं विश्वविद्यालयले गर्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?