अष्ट्रेलियाको पर्थमा नेपाली मन्दिर बनाउन तीन दिनमै ५ लाख ५० हजार डलर सहयोग जुट्यो


अष्ट्रेलियाको पर्थमा नेपाली मन्दिर निर्माण गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत कथा वाचन कार्यक्रममा ५ लाख ८६ हजार डलरभन्दा बढी सहयोगको प्रतिबद्धता आएको छ । श्रीमद्भागवत वाचन पण्डित कमलनयन गौतमले तीन दिनसम्म गरेका थिए । यसका साथै कलश यात्राको समेत आयोजना गरिएको थियो । एक हजारभन्दा बढी नेपाली श्रीमद्भागवत वाचन कार्यक्रममा कथा सुन्न उपस्थित भएको र पूजामा सरिक बनेको नेपाली मन्दिर निर्माणका अध्यक्ष यादव शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार सहयोग संकलनलाई श्रीमदभागवत वाचनको कार्यक्रमपछि पनि यथावत राखिएको छ । नेपालीहरुको सामूदायिक भवन र त्यहीँ बौद्धनाथ र पशुपतिनाथको मन्दिर बनाउने उद्देश्यले केही वर्ष अघिदेखि थालिएको यो अभियानमा एकैपटक धेरै सहयोग जुटेको पहिलो पटक हो । मंगलबार साँझ एमएनटीभीसँग कुरा गर्दै यादेवले भक्तजनहरुबाट २ हजार २ सय ९७ डलर भेटी नगदै संकलन भएको र ५ लाख ८६ हजार ३ सय ४२ डलर सहयोगको प्रतिबद्धता आएको स्पष्ट गरे । उनले भागवत वाचनको बेलामा निःशुल्क भोजन उपलब्ध गराउने व्यवसायीहरु, स्वयंसेवक सहित पर्थवासी सबैलाई धन्यवाद पनि दिएका छन् । यादवले अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीले पर्थमा भइरहेको अभियानमा साथ दिनसक्ने पनि बताए । उनले संस्थाको खातामा सहयोग रकम सिधै जम्मा गर्न सकिने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

बैंक खाता विवरण
Pashupatinath Bouddhanath of Western Australia Inc
Branch : Maddington
BSB 306097
A /C 0519894

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?