मेलबर्नमा जब नेपाली झण्डा फहराएको जहाजबाट नयाँ वर्षको स्वागत भयो …


नयाँ वर्ष २०७४ को अवसरमा अष्ट्रेलियाभर विभिन्न कार्यक्रम चलिरहेका छन् । नयाँ वर्षकै अवसरमा मेलबर्नमा भने क्रुज पार्टीको आयोजना गरी विक्रम सम्वतको नयाँ वर्ष २०७४ लाई स्वागत गरिएको छ । नेपाली झण्डा फहराउँदै मेलबर्नको डकल्याण्डबाट करिब ४ घण्टाका लागि छुटेको पानी जहाजमा तीन सय भन्दा बढी मेलबर्नवासी नेपालीको सहभागिता थियो ।
वैशाख १ गते नै अर्थात् अप्रिल १४ को साँझ आयोजना गरिएको क्रुज पार्टीको आयोजना सहि हो इभेन्ट्सले गरेको थियो । लाइभ म्यूजिक, डिजे प्रस्तुति, नेपाली खानाले कार्यक्रमलाई विेशष बनाएको थियो । कार्यक्रमभन्दा दुई साताअघि नै सोल्डआउट भएको क्रुज पार्टीको मुख्य प्रायोजक कँडेल कन्सल्टेन्सीका राज कँडेलले अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रम सम्पन्न भएपछि एमएनटीभीसँग कुरा गर्दै आयोजक सही हो ईभेन्टसका विपुल ज्ञवालीले सफलताका साथ कार्यक्रम सम्पन्न भएको भन्दै सहभागी सबैलाई धन्यवाद दिएका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?