अमेरिकाले अफगानिस्तानमा हान्यो सबैभन्दा ठूलो बम, २१ हजार पाउण्डको बम खसालियो


आईएसविरुद्धको कारवाहीलाई नयाँ मोड दिँदै अमेरिकाले बिहीबार अफगानिस्तानमा २१ हजार ६ सय पाउण्डको एमओएबी बम प्रहार गरेको छ । एमसी १३० एयरक्राफ्टले उक्त बमलाई खसालेको अमेरिकी सैनिक श्रोतले पुष्टि गरेको छ भने अहिले क्षतिको विवरण लिने कार्य भइरहेको छ । अफगानिस्तानको स्थानीय समय अनुसार राति ७ बजेर ३० मिनेटको समयमा बम खसालिएको थियो । यो बम अहिलेसम्म नै युद्धमा प्रयोग भएको सबैभन्दा ठूलो ननन्यूक्लियर बम हो । यस बमलाई जीपीएसको माध्यमबाट कहाँ प्रहार गर्ने हो त्यहाँ मोड्न सकिन्छ । अफगानिस्तानको अचिन प्रान्तमा खसालिएको र आईएसका लडाकुहरु रहेको टनेललाई लक्षित गरिएको बताइएको छ । यसअघि सिरियामा मिशाईल आक्रमण गरेको अमेरिकाले उत्तर कोरियालाई पनि चेतावनी दिइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?