पूर्वराजा ज्ञानेन्द्रको अहिलेसम्मकै कडा प्रहार, नयाँ वर्षमा आयो यस्तो सन्देश


पूर्वराजा ज्ञानेन्द्र शाहले आफुसँग भएको सहमतिविपरित कार्यहरु भइरहेको भन्दै असन्तुष्टी जनाएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले कैयौं प्रश्न अहिलेको राजनीतिक वृत्तलाई गरेका छन् । उनले जनताको भविष्य सुरक्षित नरहेको, देशमा शान्ति, सम्बृद्धि आउन नसकेको मात्र बताएका छैनन् ११ वर्षको अवधिमा देशमा के भयो भनेर प्रश्न पनि गरेका छन् । उनले बुँदागत रुपमा औंल्याएका केही प्रहार
– विगत एघार वर्ष के कसरी विते ? यसमा नेपालीहरुको हकहितमा के सुधार भयो ?
– कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित बन्न पुगयो ।
– प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक वृत्तमा प्रकट भयो ।
शान्ति, स्थिरता र सम्बृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चुके दलहरु ।
– हिमाल पहाड तराईलाई फुटाउने काम भयो ।
– सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याइयो ।
– देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा उत्पन्न भएको छ ।
– राष्ट्रको जनशक्ति विदेश पलायन अत्यासलाग्दो किसिमले बढेको छ ।
– महाभूकम्प र बाढी पहिरोबाट घरबारविहीन बनेकाहरुलाई सहारा दिन सकेन सरकारले ।
यसरी नयाँ वर्षको अवसर पारेर दिइएको शुभकामना सन्देशमा गरिएको यो प्रहारलाई राजनीतिक वृत्तले भने यतिबेला गम्भीरतापूवृक लिने अवस्था देखिँदैन । पूर्वराजाले आफु नागरिक सरह भएको स्वीकार गरेको भन्ने खालको जुन सन्देश आफ्नो नातिको ब्रतबन्धमा दिएका थिए । त्यसको प्रतिकूल कडा प्रहारसहितको वक्तव्य नयाँ वर्षमा आउँदा राजनीतिक दलहरु भने चुनावी चटारोमा व्यस्त बन्न पुगेका छन् । यसअघिका अभिव्यक्तिहरुका विषयमा केही नेताले आफ्नो भनाई सार्वजनिक गर्दै यदि उनले यस्तै बोल्दै गएमा उनलाई कारवाही गर्नेसम्मको स्थिति आउनसक्ने बताएका थिए । अहिले त एघार वर्षको समिक्षासहित राजनीतिक दलहरुले देशको स्वतन्त्रतामा नै खलल पुग्ने कार्य गरेको प्रष्ट आरोप पूर्वराजा ज्ञानेन्द्रले लगाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?