सुधिरा शाहको “फार एण्ड अवे”को प्रति एमएनटीभीलाई हस्तान्तरण


चर्चित नेपाली फोटोग्राफर सुधिरा शाहले अष्ट्रेलियामा बस्ने नेपाली परिवारको फोटो समेटेर तयार पारेको फार एण्ड अवे नामक पुस्तक एमएनटीभीलाई हस्तान्तरण गरिएको छ । यस पुस्तक प्रकाशन टिमका एक सदस्य दिपक विष्टले मंगलबार मेलबर्नको प्रेस्टनस्थित एमएनटीभीको केन्द्रीय कार्यालयमा प्रधान सम्पादक चिरञ्जीवी देवकोटालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा विष्टले एमएनटीभीले अष्ट्रेलियाको नेपाली समूदायलाई सुसूचित गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै ऐतिहासिक दस्तावेज जस्तै बनेको पुस्तकको हिस्सा बन्न पाउँदा आफुलाई खुशी लागेको बताउनुभएको थियो । प्रधान सम्पादक देवकोटाले वास्तवमै पुस्तक संग्रहणीय रहेको र यसको महत्व आगामी दिनमा अझ बढेर जाने बताउँदै फोटोग्राफर सधिरा शाह, सम्पादक योगेन्द्र विष्ट र यसमा सहभागी सम्पूर्ण टिमलाई बधाई दिनुभयो । पुस्तकको लोकार्पण केही समय अघि सिड्नीमा गरिएको थियो । फोटोपुस्तकमा ४ सय ६६ नेपाली परिवारको तस्वीर र उनीहरुको विषयमा जानकारी समावेश गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?