कर्मा व्याण्ड र सञ्जय श्रेष्ठसँगै ब्रिसबेनमा मंगलबार लाईभ म्युजिक मेला


– किरण खनाल/ब्रिसबेन
लाईभ म्युजिक मेलाको तेश्रो संस्करण मंगलबार ११ अप्रिलमा ब्रिसबेनमा हुने भएको छ । नेपाली नयस कार्यक्रमको लागि कर्मा व्याण्ड, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु यतिबेला ब्रिसबेन आइसकेका छन् । आईतबार एडिलेडको कार्यक्रम सम्पन्न गरेर ब्रिसबेन आइपुगेका उनीहरुलाई विमानस्थलमा आयोजक क्रियटिम ईभेन्टसका पदाधिकारीले स्वागत गरेका थिए । यसलगत्तै आयोजक, प्रायोजक र व्यवस्थापकहरुको उपस्थितिमा कलाकारहरुसँग आयोजना गरिएको जमघटमा एमएनटीभीसँग कुरा गर्दै गायक सञ्जय श्रेष्ठले सबै कलाकारहरु तयार रहेको जानकारी दिएका छन् । गायक श्रेष्ठले आफ्ना चर्चित गीतहरु माया मेरीमाया देखि नयाँ सिर्जना पनि पस्कने तयारी गरेको बताए । यसअघि एडिलेडको कार्यक्रम सम्पन्न गरी सोमबार साँझ ब्रिसबेन पुगेको टोलीमा रहेको कर्म व्याण्डका गायक सुरेन्द्रमान सिंहले एडिलेडको कार्यक्रम भव्य बनेको र यस्तै अपेक्षा ब्रिसबेनमा पनि रहेको जानकारी दिए । आफु ब्रिसबेनको कार्यक्रमका लागि तयार रहेको र दर्शकहरुलाई सहभागी हुन आग्रह गरे । व्याण्डले “हुक्का मेरो….”, “कहाँ होला घर बार…” लगायतका हिट नम्बरका साथमा केही नयाँ गीतहरु पनि पस्कने तयारी गरकेो छ । यसैगरी लाईभ म्युजिक मेलामा सहभागी हुन पुगेका गायक फुर्वा तामांगले पनि सहभागीताको लागि आग्रह गरेका छन् । आयोजक क्रियटिम ईभेन्टसका सन्तोष कुँवरले सम्पूर्ण तयारी पूरा भएको भन्दै लाईभ नेपाली म्युजिकका साथमा रमाउन ब्रिसबेनबासीलाई आग्रह गरे । उनले म्युजिक मेलामा तीनवटा स्थानीय व्याण्ड पनि सहभागी हुने जानकारी कुँवरले गराएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?