सिड्नीबाट सुरेन एण्ड टिमको सन्देशसहितको सर्टमूभि “प्रपोजल”


अष्ट्रेलियामा रहेका युवाहरुले विभिन्न सिर्जनात्मक काम गरिरहेका छन् । यसै मेसोमा फोटोग्राफीमार्फत चर्चित बनेका सुरेन श्रेष्ठ र उनको टिमले प्रपोजल नामक सर्ट मूमि सार्वजनिक गरेको छ । स्याट प्रो ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको प्रपोजलमा शैलेश प्रधान, रुविना श्रेष्ठ, राजीव शेरचन, रोशन अधिकारी, केरन जीसी, सुष्मा न्यौपानेको अभिनय रहेको छ । सुरेन श्रेष्ठकै लेखन र निर्देशनमा बनेको यो छोटो चलचित्रको सम्पादक टेक बयलकोटीले गरेका हुन् । ख्यालख्यालमै रमाइलोको लागि गरेको ठट्टा अरुको निम्ति जिन्दगीभरीको चोट पनि हुन सक्छ भन्ने सन्देश यसमा दिइएको छ । सिड्नीमा बस्ने नेपालीहरुको जीवनशैलीलाई दर्शाउन यो छोटो चलचित्र सफल बनेको छ । भिडियोग्राफी र निर्देशनको जति तारिफ गरे पनि कम नै हुन्छ । अप्रिल १ मा रिलिज गरिएको भिडियोलाई छोटो समयमै धेरै दर्शकले हेरिसकेका छन् । तपाईं पनि यो लिंकमा गएर हेर्न सक्नुहुन्छ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?